१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आजदेखि विश्वकप फुटवल सुरु, आयोजक रुस र साउदी अरेबिया भिड्दै


प्रकाशित: बिहिबार, ३१ जेठ २०७५, १०ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । फुटबलप्रेमीहरुको धडकनको रुपमा हेरिदै आएको ‘विश्वकप फुटवल – २०१८’ आजबाट सुरु हुँदैछ ।

 
मस्कोस्थित लुजनिकी रंगशालाबाट विश्वकप फुटबलको २१ औं संस्करणको भव्य उद्घघाटनसँगै आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् ।

 
३२ सहभागी राष्ट्रबिच हुने रोमाञ्चक विश्वकप फुटवलको मज्जा लिने विश्वका फुटवलप्रेमीहरु आत्तुर देखिएका छन् । नेपाल त यतिखेर विश्कपमयनै भएको भन्दा पनि फरक नपर्ला ।


मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् ।

 
ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती छ ।


प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन्  । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन ।


यस पटकको विशेषता विश्वकपमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री । रेफ्रीसहित मैदानमा रहेका निर्णायहरूले नदेखेका कुरा रेफ्रीमार्फत भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex