काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनव्रिुद्ध सोमवार देशभरी प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा आज जिल्लाव्यापी प्रदर्शन गर्न लागेको हो ।
पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरीको सभालार्य सम्बोधन गर्ने कार्यक्रम छ ।
महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।
Categorized in राष्ट्रिय