६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले ३ बर्षका उपलव्धी सुनाउने


प्रकाशित: सोमवार, ३ फागुन २०७७, १०ः००
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार तीन वर्षमा भएर गरेका उपलब्धि सुनाउने भएका छन । 


संहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा प्रम ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ मार्फत जानकारी दिने भएका हुन ।


बिहान ११ बजे प्रधानमन्त्री ओलीले आफ्ना मुख्य उपलब्धिहरूबारे जानकारी दिने प्रेस सल्लाहाकार सुर्य थापाले बताएका छन । प्रम ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए ।


विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण सम्पनन भएपछि तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले उ्दघाटन गर्ने कार्यक्रम छ ।


यो सँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आजबाट सिंहदरबारको मूल भवनबाट सन्चालन हुने भएको छ । राणा प्रधानमन्त्री चन्द्रसमशेरले नै बनाएको पश्चिम मोहोडाको भवनको पुनर्निर्माण चलिरहे पनि २०३० सालमा आगलागीपछि बनाइएको पूर्वी, उत्तर र दक्षिण मोहोडाका भवनहरुको प्रवलीकरणको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex