काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले समूहले फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने घोषणा गरेका छन ।
आईतवार पत्रकार सम्मेलन गर्दै समूहले थप चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
त्यसैगरी फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।
पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड– नेपाल पक्ष आन्दोलनमा छ । गत माघ २८ मा काठमाडौंमा बुहत प्रदर्शन गरपछि आगामी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रतिनिनिधि सभा विघटन, संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजको माग गर्दै नेकप प्रचण्ड– माधव समूह आन्दोलनमा उत्रेको छ ।


Categorized in राष्ट्रिय