१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्री ओलीले जंगी अड्डामा गएर काठमाडौ–तराई द्रुतमार्गबारे जानकारी लिए


प्रकाशित: बुधबार, ३० जेठ २०७५, २१ः५० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डा पुगेर काठमाडौं– तराई द्रुतमार्गबारे जानकारी लिएका छन् ।

 
राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमार्फत जनाएको छ ।

 
दु्रतमार्ग आयोजनामा हालसम्म नेपाली सेनाले गरेको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओली विश्वस्त भएको  र सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको विज्ञप्तीमा जनाएको छ । 

 
प्रम ओलीका साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex