काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा शुक्रवार महिला मार्च गरिएको छ ।
महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंको बसन्तपुरबाट सुरु भएको मार्चपास रत्नपार्क हुँदै सिंहदरबारतर्फ पुगेर सभामा परिणत भएको थियो ।
विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै महिला अधिकारकर्मीहरुले आक्रोश व्यक्त गरेका थिए ।
‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन ।
आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर





Categorized in राष्ट्रिय