६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

छिटै खुलामञ्च खुला गर्दै महानगर 


प्रकाशित: विहिवार, २९ माघ २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले छिटै खुलामञ्ज खुला गर्ने पहल सुरु गरेको छ । 


काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन बमोजिम खुलामञ्च खुला गर्ने कार्य सुरु गरेको बताएको छ । 


राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।


राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको थियो । 


दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गरिने ज्ञवालीले बताए । 


पछिल्लो समय राजनीतिक अवस्था प्रतिकुल रहेकाका कारण हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन,¥याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाई छ ।


भ्यू टावर निर्माणका लागि  खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीले बताएका छन । उनले भने, ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’   
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex