११ भाद्र २०८३, बिहिबार
Header

चौतर्फी दवाव पछि नेतृ झाक्री भईन रिहा


प्रकाशित: विहिवार, २९ माघ २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । चौतर्फी दवावपछि पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन । 


महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको जानकार दिए । 


बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाक्री रिहको माग गर्दै देशव्यापी विरोध हुन थालेपछि प्रहरीले उनलाई रिहा गर्न बाध्य भएको हो ।


राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार पक्राउ गरेको थियो ।


रिहा पछि झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex