१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

हराएका २५ मोटरसाईकल सवारीधनीलाई हस्तान्तरण 


प्रकाशित: मंगलवार, २७ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । हराएका तथा चोरी भएका २५ मोटरसाईकल प्रहरीले खोजतालास गरी सवारीधनीलाई हस्तान्तरण गरिएको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरि चोरीमा संलग्न मानिस सहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।


सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका अन्दारी बर्ष २६ को बिष्णु मिजार लाई पक्राउ गरी आबश्यक कारबाहिको लागी आजै महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।


मिजारले गितराज पाख्रीनको प्रदेश ३–०२–०११प७०१७ को पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि प्रदेश ३–०२–०११प५२३६ नम्बर राखि चलाएको अबस्थामा हिजो बौद्धबाट पक्राउ गरेको हो ।


उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी मंगलवार २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । 


हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताउँदै जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए । 


मोटरसाईकल धनीहरु रबिन्द्र परियार, मनिस सिंह, बिक्रम पण्डित, सुजन खड्का, सञ्जिब अर्याल, मिलन गुरुङ, बम बहादुर बि।क, आशिष पराजुली, पासाङ मोक्तान, दिनेश लामालाई बुझाएको छ । 


त्यसैगरी हरिहर बोगटी, गोपाल श्रेष्ठ, रुपेश पाण्डे, अच्यूत सिलवाल, श्याम बहादुर खाती, सुशील राणा, प्रकाश गुरुङ, सन्तोष बराल, राजेन्द्र श्रेष्ठ, निर्मल कुमार साह, अर्जुन तामाङ, बासुदेव पोख्रेल, चुडामणि सापकोटा, कुमार श्रेष्ठ र ङ्युडुप दोर्जे लामालाई हराएको मोटरसाईकल महाशाखाले जिम्मा लगाएको छ ।


महाशाखाले यस आ।व। ०७७÷७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाईकल जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारीले बताए । 


मोटरसाईकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिइ चोर सहित हराएका मोटरसाईकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पिडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्त बहादुर मगरलाई पुरस्कृत समेत गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex