१ भाद्र २०८३, सोमबार
Header

सामाजिक संजालको दुरुपयोग गरी लाखौ रकम ठगी गर्ने पक्राउ


प्रकाशित: मंगलवार, २७ माघ २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सामाजिक संजालको दुरुपयोग गरी लाखौ रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरी अपराध महाशाखाका टोलीले झापा अर्जुनधारा नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३० का पंकज पौडेली पक्राउ गरेको हो । 


उनले सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, आईमओ, फेक इमेल बाट सिंगापुर, लण्डन, कोरियाको नागरीक हुँ भनी बिभिन्न ब्यक्तिहरुबाट रकम असुली गरी ठगी गरेको हो । 


उनले विभिन्न व्यक्तिहरुबाट २६ लाख ८० हजार २७१ रुपियाँ आईमई गरी बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउन लगाई ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


समाजिक सञ्जालबाट फ्रेण्ड रिक्वेस्ट पठाई एसेप्ट गर्न लगाई कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको तथा रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाई दिने भन्दै भन्सार शुल्कको लागि पैसा पठाउन लगाई रकम ठगी गरेको हो । 


प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा निजको मोबाईबाट रु १ करोड ९५लाख १२ हजार ३५२ रुपियाँ बिभिन्न व्यक्तिहरुबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको । 


थप अनुसन्धान तथा कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex