७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पत्रकारले लगाए कोरोना खोप 


प्रकाशित: सोमवार, २६ माघ २०७७, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । सरकारले अग्रपन्तीमा खटिने पत्रकारहरुलाई सोमबारबाट कोरोना खोप लगाउन सुरु गरेको छ । 


बानेश्वरस्थित सिभिल हस्पिटलमा आजबाट ५ दिनसम्म पत्रकार, कुटनीतिक नियोगकका कर्मचारीहरुले खोप लगाउने व्यवस्था गरिएको छ ।


सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अभियान्तर्गत पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।


कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन । फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भएको एक पत्रकारले बताएका छन । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरूद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भनेको थियो ।


देशभर करिब १३ हजार पत्रकार रहेका छन । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex