काठमाडौं । काठमाडौंमा शनिवार पानी परेको उपत्यकाको तापक्रम ह्वातै घटेको छ ।
उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान १ डिग्री सेल्सियस मापन भएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो ।
आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ ।
बिहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने महाशाखाले जनाएको छ ।
Categorized in राष्ट्रिय