२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

क्याटरिङ व्यवसायभित्र भईरहेको हप्ता असुली आतंक बन्द गरिने ः गृहमन्त्री थापा


प्रकाशित: बुधबार, ३० जेठ २०७५, १२ः५० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । क्याटरिङ तथा पार्टी प्यालेसहरुमा गुण्डा तथा प्रहरीद्धारा भईरहेको हप्ता असुली आतंक बन्द गरिने गृहमन्त्री रामबहादुर थापाले बुधबार बताएका छन् ।

 
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको उद्घाटन गर्ने क्रममा गृहमन्त्री थापाले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

 
महासंघका अध्यक्ष अरुणशंकर वैद्यका अनुसार नेपालभर अहिलेसम्म ४४ जिल्ला ४ हजारको संख्यामा पार्टी प्यालेस तथा क्याटरिंग रहेको जानकारी दिएका छन् ।

 
अध्यक्ष बैद्यले चार दशक अघि स्थापना भएको क्याटरिङ तथा पार्टी प्यालेसले उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराई रहेको तथा अझ व्यवस्थित बनाईने बताएका छन ।

 
महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex