काठमाडौं । नेकपा ओली समूहको शुक्रवार काठमाडौको दरवारमार्गमा आयोजित भव्य आमसभा सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको सभामा ठुलो संख्यमा जनसभागिता रहेको थियो । मुलुकका विभिन्न क्षेत्रमा सभामा मानिसहरु सहभागी भएको देखिन्थ्यो ।
सभामा विभिन्न जातिय संगठनको भेषभूषमा सजिएर, बाजागाजासहितको जनसहभागिता रहेको थियो ।
नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले सम्बोधन गर्दै भने,‘ राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको छ ।’
उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’
आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने समेत उनले दावी गरे ।
सभालाई गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तस्वीरः महानगरखवरटिम





Categorized in राष्ट्रिय