९ भाद्र २०८३, मंगलबार
Header

‘डायबिटिज भयो भन्दैमा निराश हुनु पर्दैनः’– डा.डिना श्रेष्ठ (भिडियो) 


प्रकाशित: बुधवार, २१ माघ २०७७, १८ः२० बजे
- अजय खड्गी

मधुमेह तथा थाईराइड रोग विशेषज्ञ डा. डिना श्रेष्ठसँग यी रोगहरुको लाग्ने कारण, उपचार तथा स्वास्थ्य टिप्ससम्बन्धी महानगरखवरडटकमका अजय खड्गीले गरेको भिडियो वार्ताको संक्षिप्त अंश

 



काठमाडौं । कसैलाई मधुमेह (डायबिटिज) भयो भन्दैमा निराश भई हाल्नु पर्ने, आतिहाल्नु पर्ने नभएको डा. डिना श्रेष्ठले बताएकी छिन । 


नियमित डाक्टरसँगको सम्पर्क, खानपान, शारिरिक अभ्यास, स्ट्रेस म्यानेजमेन्ट गर्न सकियो भने यसले रोगीको आयु पनि बढ्न सक्ने डा. श्रेष्ठको भनाई छ । 


उनले भनिन, ‘तर हामीले यसलाई हेलचेक्राई गरेर म ठिकै छु, खाईरहेकै छु, हिडिरेहकै छु, मलाई केही भएको छैन भनेर बसेको खण्डमा आफ्टर १०/१२ बर्षपछि कम्पिलिकेसन आउन सक्छ । जसको कारण ठुलो खर्च हुने तथा शरिरको अंगहरु आँखा, मुटु, मृगौलामा समस्या आउन सक्छ ।’


‘हाईपो थाईराइड नर्मली निको हुँदैन’


डा. श्रेष्ठका अनुसार हाईपो थाईराइड साधरणतया निको नै हुँदैन भने हाईपर थाईराइड ८० प्रतिशत निको हुन्छ । यसको लागि २ बर्ष औषधी खाएमा निको हुने हुन्छ । 

 

तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखवरडटकम

asteriskhubs
Home Page Bottom Second


maharjan complex