काठमाडौं । विहिवार नेकपा प्रचण्ड– नेपाल समूहले आमहड्तालको घोषणा गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा समूहकी नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण भोली आमहड्तालको घोषणा गर्नु परेको बताईन ।
बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताउँदै नेतृ भूषालले भनिन,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहड्तालको आह्वान गरेका छौं ।
अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने पत्रकार सम्मेलनमा नेतृ भूषालले जानकारी दिईन ।
यसै विच प्रहरीले आमहड्ताललाई लक्षित गरी आकस्मिक सुरक्षा योजना बनाएको छ । सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहेको छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ ।
राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा पर्ने छैन, जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्ने प्रहरीको भनाई छ ।


Categorized in राष्ट्रिय