१२ भाद्र २०८३, शुक्रबार
Header

मेलम्चीको सुरुङमा पानी परिक्षण अझै अनिश्चित


प्रकाशित: मंगलवार, २० माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण गर्ने कार्य अझै अनिश्चित भएको छ ।


सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो नलागेपछि काठमाडौं उपत्यकामा कहिले पानी आउने पनि अनिश्चित जस्तै छ । 


सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन पुरा भएपछि मात्रै पुनः परीक्षण गर्न सकिने आयोजनाले बताएको छ । 


आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । 


सूचना अधिकारी पन्तका अनुसार विज्ञहरुले समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ । इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारीको भनाई छ । 


सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो । त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटी सच्याउने काम गरेको थियो ।


सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानि आएपछि उपत्यकामा वितरण  सुरु हुनेछ । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ ।


विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।


खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आए पनि गत असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले समय धकेलिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex