८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आमिर मोबाइलबाट किन भए टाढा ?


प्रकाशित: मंगलवार, २० माघ २०७७, ०९ः३० बजे
- रचना शाही

काठमाडौं । बलिउड परफेक्टिनिस्ट आमिर खानले मोवाईलबाट आफूलाई डिस्कनेक्ट गर्ने घोषणा गरेका छन । 


उनले आफ्नो बहुप्रतिक्षित फिल्म लालसिंह चड्डाको रिलिज नहुन्जेलसम्म मोवाईल सेटलाई हात नलगाउने कसम खाएको भारतीय सञ्चारमाध्य भास्कर दैनिकले उल्लेख गरेका छन । 


आमिरले अहिले लालसिंह चड्डाबाट ब्रेक लिएका छन । उनी अहिले राजस्थानमा उनको मित्र अमिन हाजीको फिल्म ‘कोई जाने न’को सुटिङ गीतमा आएका छन । 


समाचार अनुसार मोवाईलले काममा डिस्ट्रव गरेपछि केही समयको लागि आमिर मोवाईलबाट टाढा बस्ने भएको हो । आमिरले आफ्नो सम्पर्कको लागि उनका टिम म्यानेजरलाई जिम्मा दिएका छन । 


साथै उनको सोसल मिडिया पनि टिमले नै गर्ने भएको छ । लालसिंह चड्डा आगामी सन २०२१ क्रिसमसमा रिलिज हुने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex