१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महासंघको सहरी विकास समितिको सभापतिमा मीनमान श्रेष्ठ चयन 


प्रकाशित: सोमवार, १९ माघ २०७७, १८ः५५ बजे
- महानगरखवर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिको सभापतिमा मीनमान श्रेष्ठ चयन भएका छन ।


सहरी विकास समितिको सभापतिमा चयन भए पछि श्रेष्ठले नीतिगत समस्याहरु समाधान गर्न आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन । 


उनले अहिले भवन निर्माण सम्बन्धी मापदण्डका कारण व्यवसायीहरु समस्यामा रहेका तथा अग्ला संयुक्त आवास भवन, व्यापारिक मल/कम्प्लेक्स आदिको फ्लोर एरिया रेसियो (फार) र सेटब्याक सम्बन्धी विद्यमान व्यवस्थाका कारण समस्या देखिएको बताए । 


श्रेष्ठ महासंघको वस्तुगत समूहतर्फबाट निर्वाचित कार्यकारिणी सदस्य हुन भने नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठ पुराना व्यवसायी हुन ।


रियलस्टेट डेभलपर कम्पनी डाउटाउन हाउजिङ कम्पीका सञ्चालक समेत रहेका उनीसँग व्यवस्थित सामूहिक आवास परियोजना हाउजिङ तथा अपार्टमेन्ट निर्माणको लामो अनुभव छ ।


समितिको सह–सभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चयन भएका छन । सदस्यहरुमा नेपाल इन्जिनियरिङ एशोसिएसनका पूर्व अध्यक्ष इन्जिनियर ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टसका पूर्व अध्यक्ष स्वरुप कोने चयन भएका छन । 


त्यसैगरी नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्टक्चर इन्जिनियर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानूनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी सदस्य रहेका छन ।


समितिको सल्लाहकारहरुमा नापी विभागका पूव महानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत रहेका छन भने आमन्त्रित सदस्यहरूमा कृष्ण बोहोरा, सिए दिनेश चुके, नारायण बञ्जाडे, सञ्जय कुमार जैन, सुदीप प्रसाइँ, सुदर्शन श्रेष्ठ र हेमन्त बैद चयन भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex