२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पशुपतिमा एक अर्वको लागतमा सुनको जलहरि बनाउँदै


प्रकाशित: सोमवार, १९ माघ २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । पशुपतिनाथको मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको निर्माण गर्ने कार्य प्रारम्भ भएको छ ।


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढाकालका अनुसार एक अर्ब बजेटको लागतमा सुनको जलहरी बनाईने भएको छ । रु ६५ करोड कोषको लागत र रु ३० करोड सरकारले दिने भएको छ । 


गत सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।


जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव ढकालको भनाई छ । त्यसैगरी पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 


कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ । उनका अनुसार सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । 


१०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex