११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकहरुबिच बढेको ब्याजको प्रतिस्पर्धा रोक्न राष्ट्र बैंकको पहल


प्रकाशित: बुधबार, ३० जेठ २०७५, ११ः०७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बैंकर संघले बैंकको ब्याज सिमालाई खारेज गरेपछि बैंकहरुबिच बढ्दै गएको ब्याज प्रतिस्पर्धा रोक्न नेपाल राष्ट्र बैंकले पहल सुरु गरेको छ ।

 
संघले यस अघि मुद्दतिमा ११ र बचतमा ८ प्रतिशतभन्दा बढि ब्याज दिन नपाइने गरेको सहमति बैंकर्स संघले पाँच महिनापछि गत आइतबार खारेज गरे लगत्तै सदस्य बैंकहरुले ब्याज बढाएर साढे १२ प्रतिशत पुराएपछि राष्ट्र बैंकको ध्यान गएको हो ।

 
राष्ट्र बैंकले सहमति कायम गरेर ब्याज दरमा स्थायित्व दिन बैंकहरुलाई आग्रह गर्ने भएको छ ।

 
यता बैंकर्स संघका एक प्रतिनिधिले सरोकारवाल निकायबाट कन्फिडेन्स पाएपछि फेरि पनि सहमति गरेर ब्याज दरलाई माथि जानबाट रोक्न सकिने बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex