७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

‘आज रातो प्रतिगमनविरुद्ध प्रदर्शन’– विश्वप्रकाश शर्मा


प्रकाशित: सोमवार, १९ माघ २०७७, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज रोता प्रतिगमनविरुद्ध देशव्यापी प्रदर्शन गरिने बताएका छन ।


आईतवार एक विज्ञप्ती जारी गर्दै प्रवक्ता शर्माले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएका छन । उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन भनेका छन भने ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए । 


नेपाली कांग्रेसका भातृ संस्थाहरूले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex