१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने


प्रकाशित: आईतवार, १८ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना भ्याक्सिन दिने भएको छ । 


चीनले आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । 


संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल–चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ ।


चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ । चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो ।  यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ ।  


खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ । नेपालमा चिनियाँ खोपलाई अहिलेसम्म अनुमति दिइएको छैन । दूतावासले नेपाली अधिकारीहरूसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिटै खोप नेपाललाई उपलब्ध गराउने दुतावासले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex