काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद विघटन होईन संविधान विघटन भएको बताएका छन ।
शुक्रवार शहिद दिवशको अवसरमा आयोजित सभामा नेता थापाले प्रधानमन्त्री केपी शर्माले संसद विघटन होईन संविधान विघटन गरेको दावी गरेका छन ।
उनले भने, ‘यो संसदको विघटन होईन संविधानको विघटन हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो संविधानमा टेकेर घर बनाउने मौका पाए । संविधान हामी सबैले हालेको जग हो । उहाँलाई पाँच सम्मको लागि दिइयो, हातमा अस्त्र पनि दिइयो शास्त्र नपढेकोले अस्त्र चलाउन जानेन ।’
थापाले पहिलो जननिर्वाचत सरकारले आफ्नो कार्यकाल पुरा गर्न पाएको भए, दरवारले अनावश्यक महत्वकांक्षा नराखेका भए आज सायद नेपालमा संविधान राजतन्त्र हुने थियो तर दरवारको महत्कांक्षाले ३० बर्ष त्यतै खेर गएको बताए ।
यो संविधान जनआन्दोलनसँग मात्र यी चार शहिदसँग पनि जोडिएको बताउँदै उनले भने,‘ यो संविधान तपाई हामीले नचिनेका सयौं शहिदसँग जोडिएको छ । तपाई र मेरो स्वतन्त्रताको लागि कयौं साथीहरुले हाँसी हाँसी बलि चढे ।’
Categorized in राष्ट्रिय