१२ भाद्र २०८३, शुक्रबार
Header

डा. उपाधि थपेर संस्कृतविद् सत्यमोहन जोशी र राष्ट्रकवि घिमिरेको हुलाक टिकट सार्वजनिक


प्रकाशित: विहिवार, १५ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । वाङ्मय शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी र राष्ट्रकवी स्व. माधवप्रसाध घिमिरेको हुलाक टिकट सार्वजनिक गरिएको छ ।


डा. उपाधि थपेर सरकारले २ जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेको हो । माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि घिमिरे र शताब्दी पुरुष जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय सार्वजनिक गरेको थियो । 


घिमिरेले नेपाली साहित्य लगायत समग्र क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै २०७२ सालमा त्रिभुवन विश्वविद्यालयले महाविद्यावारिधि उपाधिबाट विभूषित गरेको थियो भने २०६८ सालमा काठमाडौं विश्वविद्यालयले संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex