१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोना खोप पहिलो दिन ९ हजार ८४ जनाले लगाए


प्रकाशित: बुधवार, १४ माघ २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । कोरोनाविरुद्धको खोप पहिलो दिन ९ हजार ८४ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


बुधवार विहान १०ः३० बजेबाट देशभरी सुरु भएको खोप अभियान अन्तर्गत बेलुका ५ बजेसम्म प्राप्त जानकारी अनुसार उक्त संख्यामा खोप लगाएको मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


६४ जिल्लाका ९३ खोप केन्द्रहरुको खोप लगाएकामा जसअनुसार बागमती प्रदेशमा सबैभन्दा बढि २ हजार ६९४ जनाले खोप लगाएका छन । गण्डकी प्रदेशमा १८४३, प्रदेश १ मा १२५५, सुदरपश्चिम प्रदेशमा १०८२, लुम्बिनीमा ७३३ र कर्णालीमा ७५१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री केपी शर्माले भर्चुअल माध्यबाट काठमाडौंका ११ वटा अस्पतालबाट खोप अभियानको उद्घाटन गरेका थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex