१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कोटेश्वरको एक सेकुवा कर्नरमा आगलागी


प्रकाशित: बुधवार, १४ माघ २०७७, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । कोटेश्वरको एक सेकुवा कर्नरमा गएराती आगलागी भएको छ ।


कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा राती साढे ११ बजे आगलागी हुँदा २० लाख बराबरको क्षति भएको  भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार  सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।


जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex