१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार


प्रकाशित: मंगलवार, १३ माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन । 


जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको स्वास्थ्य अहिले सामान्य रहेको  छ । अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै स्वास्थयकर्मीहरुको निगरानीमा रहेको थियो । 


खान र सुत्न असहज भएपछि उनलाई घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । जोशीलाई कमजोरीका कारण उक्त समस्या भएको भन्दै औषधी नचलाएको बताइएको छ । 


जोशीले यसपटक बिरामी हुँदा सुरुदेखि नै औषधिलाई भन्दा तागत दिने खालको खानामा बढी जोड दिएका थिए । जोशी अस्वस्थ भएपछि बिहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतीले जोशी निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।


किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex