काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले पानीको फोहरा फालेको छ ।
सोमवार बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएर सुरु गरिएको मार्च बालुवाटार नपुग्दै प्रहरी हस्तक्षेप भयो ।
भिडियोः रविन्द्र कुमार श्रेष्ठ (अभियान्ता)
प्रहरी हस्तक्षेपछि मार्च अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको थियो ।
सो क्रममा बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताउँदै उनले भने, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’
प्रहरीले नागरिक समाजको विरोध र्याली सकिने क्रममा बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीलाई रोकेको बताएका छन ।
भिडियोः रविन्द्र कुमार श्रेष्ठ (अभियान्ता)
Categorized in राष्ट्रिय