१२ भाद्र २०८३, शुक्रबार
Header

बालुवाटारमा प्रर्शनको क्रममा कृष्ण पहाडीसहित २६ जना पक्राउ


प्रकाशित: सोमवार, १२ माघ २०७७,  १४ः०० बजे
- महानगरखवर

काठमाडौं । केपी शर्मा ओली नेतृत्व सरकारको कदमविरुद्ध प्रदर्शनमा उत्रेका सान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पाहाडी सहित २६ जना पक्राउ परेका छन । 


मानव अधिकार तथा शान्ति समाजले सोमवार बालुवाटारमा गरेको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन ।


पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा रहेका छन । 


त्यसैगरी काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत रहेका छन ।


प्रदर्शनको क्रममा उनिहअरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । 


अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको समाजले बताएकोक छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex