१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माघ १४ गतेबाट कोरोना खोपको शुभारम्भ, पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप


प्रकाशित: आईतवार, ११ माघ २०७७, १८ः३० बजे
- महानगरखवर

काडमाडौं । विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड–१९) विरुद्धको पहिलो खोप माघ १४ गते बुधवारबाट शुभारम्भ गरिने भएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । 


माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पुरु हुनेछ ।


पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्र्मीहरुलाई लगाईनेछ । 


त्यसैगरी खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ । 


यस्तै वृद्धाश्राममा रहेकाहरु, हेरचाहमा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई पनि पहिलो चरणमा खोप दिइनेछ ।


यस अघि भारत सरकारले १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex