काठमाडौं । काठमाडौं महानगरको सहयर्कायमा शुक्रवार आयोजित ‘सम्झनामा तारादेवी तथा सम्मान कार्यक्रम’मा सहरी राज्यमन्त्री रामबीर मानन्धरलाई विशेष सम्मान गरेको छ ।
मानन्धरले नियमित करीब ४ घण्टा २० मिनेट बढी लगातार गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकोमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो अवसरमा विशेष सम्मान प्रदान गरेका थिए ।
महाराजगञ्जमा आयोजित तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाहरु गीतकार स्व भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व। गणेश परियार र गायिका ज्ञानु राणालाई पनि सम्मान गरिएको थियो । गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो ।
प्रमुख शाक्यले स्व. रिमालको सम्मान उनका छोरी रेखा ढकालले र स्व. परियारको सम्मान उनी नातिनी मरिया परियारलाई सम्मान पत्र प्रदान गरेका थिए । उनीहरुलाई प्रमुख शाक्य, राज्यमन्त्री रामवीर मानन्धर, फाउन्डेसनका अध्यक्ष दीपक के। सी।, नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले संयुक्त रुपमा सम्मान गरेका थिए ।
सम्मानितहरुलाई जनही २५ हजार १ रुपैयाँ प्रदान गरिएको थियो भने दोसल्ला ओडाएर ताम्र पत्र प्रदान गरिएको थियो । सो अवसरमा कामपा ३ वडा अध्यक्ष तथा फाउन्डेशनका अध्यक्ष दिपक केसीलाई स्थानीय सेवामा उल्लेख्य काम गरेकोमा सम्मानित गरिएको थियो ।
सो अवसरमा प्रमुख शाक्यले भने, ‘काठमाडौंमा जातीय समुदायले धानेका परम्परागत बाजागाजाको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि हामीले गुरुहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरेका छौं । यो रकम ठूलो होइन तर सरकारको सहभागिता भने ठूलो हो । यो निरन्तर चलिरहनेछ ।’
काठमाडौं महानगरले तारादेवी फाउन्डेसनमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । नारायण गोपालको अधुरो चाहना पूरा गराउन करीब ६ करोड रुपैयाँ लगानीमा ‘‘गीत गंगा अडिटोरियम’’ निर्माण गर्दैछ ।
कार्यक्रममा ज्ञानु राणा, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा, प्राश्ना शाक्य, एन्जेला श्रेष्ठ, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राईलगायत गायक गायिकाले तारादेवीका गीत प्रस्तुत गरेका थिए ।
Categorized in मनोरन्जन