काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकार्यमा शुक्रवार ‘सम्झनामा तारा देवी सम्मान कार्यक्रम’ गरिने भएको छ ।
तारादेवी स्मृति फाउन्डेसनले महानगरको सहकार्यमा १५ औं स्मृति दिवस मनाउन लागेको विहिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
फाउन्डेसन अध्यक्ष रहेको कामपा वडा ३ का अध्यक्ष दिपक के.सीले काठमाडौं देशभरिका गीत, संगीत तथा गायन तथा विभिन्न विधाका कलाको संग्रह हुने भएकोले सिर्जित कलाको प्रस्तुति र प्रवर्धनका लागि कलाकारहरुको संग्रह र सिर्जनाका सर्जकलाई महानगरले सम्मान गर्ने बताए ।
सो अवसरमा उनले ारायण गोपालको स्मृति र सम्मानमा महानगरले ‘‘गीत गंगा भवन’’ निर्माण भईरहेको पनि जानकारी दिए । वडा अध्यक्ष केसीले के. सी. ले महानगरबाट गएका २ बर्षमा १०÷१० लाख रुपैयाँ गरी तारादेवी फाउन्डेसनका अक्षय कोषमा २० लाख रुपैयाँ उपलब्ध गराएको बताए ।
यो कोषबाट तारादेवीको योगदान प्रवर्धन हुने कार्यक्रम र गीत संगीतमा शिक्षा लिन चाहने विद्यार्थीलाई संगीतको शिक्षा दिने काम भएको छ ।
सो पत्रकार भेटघाटमा फाउन्डेसनका सल्लाहाकार समेत रहेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले रोयल्टीको व्यवस्थापनबाट मात्र कलाकारको संरक्षण गर्न सकिने बताउँदै भने,‘रेडियो, टेलिभिजन, सार्वजनिक समारोह, भेला र यातायात क्षेत्रबाट गीतरसंगीत रोयल्टी संकलन हुन्छ । यसको बैज्ञानिक संकलन र न्यायोचित वितरण अहिलेको आवश्यकता हो । म अब छरिएका क्षेत्र समेट्ने अभियानमा लाग्नेछु ।’
कार्यक्रममा स्व. तारादेवीका अजर अमर गीत संगीतलाई जीवन्त राख्न एक दर्जन भन्दा बढी गीत प्रस्तुत हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कार्यक्रममा सहरी विकास राज्य मन्त्री मानन्धरको पनि गायन रहने छ । ज्ञानु राणा, प्राश्ना शाक्य, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा लगायत अग्रज साथै अनुज गायक, गायिकाबाट गायन प्रस्तुत हुनेछ ।
विगत बर्ष जस्तै यस बर्ष पनि तारादेवीका गीतसँग जोडिएका विभिन्न सर्जकहरुलाई सम्मान गरिनेछ । यसरी सम्मानित हुनुहुनेमा स्व. भैरवनाथ रिमाल “कदम”, संगीतकार गणेश परियार र गायिका ज्ञानु राणा रहेका छन । उहाँहरुलाई नगद र ताम्रपत्रसहित सम्मान गरिनेछ ।
स्वर किन्नरी तारा देवीका कालजयी गीतहरुको संरक्षण र प्रवर्धन गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले २०७५ सालमा तारा देवी स्मृति फाउण्डेसन स्थापना गरिएको हो ।
Categorized in मनोरन्जन