काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नानको दिन पारेर त्वा खल ओमबहाःया त्वा छेँ को शिलान्यास गरिएको छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विहिवार एक कार्यक्रमविच विहान वडा २३ ओमबहालमा त्वा छे“को शिलान्यास गरेका हुन ।
सो अवसरमा प्रमुख शाक्यले मूर्त अमूर्त सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको बताए ।
उनले भने,‘सम्पदा बचाउने काम हाम्रै हो । त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं । हाम्रा काम बुझ्नु भएको छैन वा चित्त बुझेको छैन भने आउनोस् हामी कुरा बुझाउँर्छौं । कुरा नबुझी बोलिदिनुभयो भने अन्यथा अर्थ लाग्छ । भ्रम सिर्जना हुन्छ । पहिले रानीपोखरीको सन्दर्भमा यस्तै भएको थियो । अहिले कमलपोखरीको बारेमा पनि यस्तै भइरहेको छ ।’
भवनको लागत अनुमान १ करोड ३९ रुपैयाँ थियो । खरिद प्रक्रियामा भएको प्रतिस्पर्धामा निर्माण पक्षले ८६ लाख रुपैयाँमा निर्माण कबोल गरेको छ । ३ आना जग्गा निर्माण हुने साढे ४ तलामध्ये पहिलो चरणमा ३ तला बनाइनेछ । गुठीले जग्गा खरिद गरेर प्राप्त गरेको हो ।
वडाध्यक्ष मचाराजा महर्जनले, वडाभित्र माग भएर आएर कुनै पनि योजना नरोकिएको बताउँदै भने, ‘सम्पदा जोगाउन, सहरी सुविधा पु¥याउनु र विपद् प्रतिकार्यका काम गर्नु भित्री वडाका प्राथमिक काम हुन ।’
कार्यक्रममा राजभाइ ज्यापूले महानगरबाट प्राप्त सहयोगले स्थानीयलाई खुशी दिएको प्रतिक्रिया दिए ।
Categorized in सम्पदा/संस्कृति