१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्य समस्या


प्रकाशित: विहिवार, ८ माघ २०७७, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीमा अस्वस्थ देखिएको अस्पतालले जनाएको छ ।


शताब्दी पूरुष १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि किष्ट मेडिकल कलेजले नियमित चेकअप गरिरहेको छ । 


चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए ।


किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex