काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार बिहान कलंकीमा हिटरको आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का रहेका छन ।
हिटर बालेर सुतेको तथा कोठाको झ्याल ढोका पनि लगाएको अवस्था रहेकोले प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
Categorized in समाज