२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा फोनबाट धम्काएर पैसा माग्ने गिरोह बागबजारबाट पक्राउ


प्रकाशित: सोमवार, ५ माघ २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । फोन तथा एसएमस गरी विभिन्न व्यक्तिहरुबाट लाखौ रकम माग गर्ने गिरोहका ३ जना पक्राउ परेको छ । 


महानगरीय अपराध महाशाखाका अनुसार आईतवार बागबजार मोडल हस्पिटल अगाडिबाट दोलखा जिल्ला मेलुङ् गा.पा. वडा नं. २ घर भई असन काठमाडौ बस्ने बर्ष १९ का प्रदिप कार्की, दोलखाकै शैलुङ् गा.पा.वडा नं. ८ घर भई असन काठमाठौ बस्ने बर्ष २० का सुरज भण्डारी र काठमाडौं काँडाघारी बस्ने किरण कार्की पक्राउ परेका हुन । 


उनीहरुले काठमाडौं उपत्यका भित्र बिभिन्न ब्यक्तिहरुलाई ज्यान मार्ने डर धाक धम्की देखाई लाखौं रकम माग गर्नुका साथै उक्त रकम नदिए निजहरुलाई क्षति पुर्‍याउने भनी धम्की दिने महाशाखाले जनाएको छ । 


अपराध महाशाखाबाट निरन्तर त्यस्तो गिरोहको निगरानि राख्दै, खोजतलास गर्दै जाने क्रममा उक्त कार्यमा संलग्न निम्न ब्यक्तिहरुलाई यस अपराध महाशाखा बाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेका हुन । 


पक्राउ परेका उनीहरुबाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाईल तथा  सिमहरु समेत बरामद गरी प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex