काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा सोमवार दिउँसो आगलागी भएको छ ।
प्रहरीका अनुसार दिउँसो एक्कासी आगलागी भएपछि मानिसहरु अपार्टमेन्टबाट कराईरहेका थिए तर समयमै प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो ।
काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आईसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
तस्वीर: सुरेश महर्जन
Categorized in समाज