काठमाडौं । नेवः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवाः विस्थापित विरुद्ध नेवाः एकता दिवश हुने बताएका छन ।
अध्यक्ष ताम्रकारले नेवः संस्कृति, सम्पदा, भूमि अतिक्रणविरुद्ध एक भएर जानका लागि पनि नेवाः समुदायहरु एकबद्ध, गोलबन्द गर्नको लागि नेवाः एकता दिवशले भुमिका खेल्ने बताए ।
उनले भने, ‘अहिले राज्यले विकासको नाममा नेवाः संस्कृति, सम्पदा नष्ट गर्ने, भूमि अतिक्रमण गर्ने, नेवाः लाई विस्थापित गर्ने जुन कार्यहरु भईरहेको यसको विरुद्ध एक जुट हुनु पर्ने भएको छ । हामी नेवाः जुनसुकै राजनीतिक दल वा विचारधारामा भएपनि पहिला हामी नेवाः भन्ने सन्देश दिदै अतिक्रमण विरुद्ध लाग्नु पर्नेछ ।’
नेवाः हक हित र अधिकारको लागि चलिरहेको विभिन्न आन्दोलनहरुलाई एक ठाउँमा ल्याएर एकिकृत आन्दोलनका लागीको विकास गर्ने वा नेवाः आन्दोलनको रुप दिन नेवाः एकता दिवश सन्देश हुने अध्यक्ष ताम्रकारको भनाई छ ।
अहिले फास्ट्रयाक, बाहिरी चक्रपथ, सेटेलाईट सिटी, वालाजु सडक विस्तार, पशुपति गुरुयोजना, सुख्खा बन्दरगाहको नाममा राज्यले नेवाः समुदायलाई विस्थापित गरिरहेको अध्यक्ष ताम्रकारले बताए ।
(नेवाः देय् दबूको संयोजनमा माघ ९ गते खोकनाको खुडोलमा एघारौं नेवाः एकता दिवश मनाउने तयारी सन्दर्भमा महानगरखवर.कमका अजय खड्गीले गरेको कुराकानीको आधारमा ।)
Categorized in समाज