१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘मानसिक समस्या भए चुप लागेर नबसौंः’ डा. प्रधान (भिडियो वार्ता)


प्रकाशित: आईतवार, २६ पुष २०७७, २१ः०० बजे
- अजय खड्गी

मानसिक समस्या र उपचार तथा रोकथामबारे यी यस्तै थुप्रै विषयमा महानगरखवरडटकमका अजय खड्गीले मानिसक रोग विशेषज्ञ डा. नम्रता प्रधानसँग गरेको भिडियो वार्ता प्रस्तुत गरिएको छ । 

 

काठमाडौं । मानसिक समस्या भए चुप लागेर बस्न नहुने मानसिक रोग विशेषज्ञ डा. नम्रता प्रधानले बताएकी छिन ।


मानसिक समस्याले पछि जटिल रुप लिन सक्ने भएकोले समयमै चिकित्सकलाई देखाउन आग्रह गरेकी छिन । नेपालमा मात्र नभएर विश्वमै यसले ठुलो समस्या उत्पन्न गरिरहेको डा. प्रधानले बताईन । 


मानसिक रोग के हो भन्ने प्रश्नमा डा. प्रधानले भनिन,‘ मानसिक रोग भन्ने वित्तिकै मानिसहरु डराउने गर्दछन् । किनभने मानसिक रोग भन्ने वित्तिकै एउटा पागल भन्ने वर्डसँग एशोसिएट गर्दछन । डाक्टरलाई सोध्नु हुन्छ भन्ने पागल भन्ने शब्दको डिफिनेशननै छैन । हामीले पढ्ने बेला पागल भनेको के हो भन्ने बारे थाहा नै हुँदैन । पागल भनेको मानसिक रोग नभई एउटा गाली मात्र हो ।’


‘यो त हामीले कहिले काही साथीभाईलाई युज गर्दछौ भने कहिले हामीलाई मन नपर्ने मानिसहरुलाई युज गछौं । मानसिक समस्या भयो भने मानिसले मलाई पागल भन्ला भन्ने डर र चिन्ता लिन्छौ र अरुलाई पनि हामी त्यस्तै जज गर्दछौ ।’ उनले भनिन । 


कोरोना महामारीका बिच थुप्रै मानिसहरुमा मानसिक समस्या देखिएको अनुभव पनि सुनाउँदै डा. प्रधानले भनिन,‘ कोरोनाका बेला मानिसहरु रोग कोरोना रोग लागि हाल्यो कि भनेर मानसिक समस्या लिएर पसेको पाईयो ।’

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex