काठमाडौं । बैंकर्स संघले ब्याजको सिमा खारेज गरेपछि बजारमा ब्याज बढाउन बैंकहरुबिच प्रतिस्पर्धा चलेको छ ।
संघले पाँच महिना अगाडि गरेको सहमति आइतबारबाट खारेज गरेको छ । यस अघि संघले संघले एक बर्षे मुद्दति निक्षेपमा ११ र बचतमा ८ प्रतिशतभन्दा बढि ब्याज दिन नपाइने सिमा तोकेको थियो ।
खारेज गरेलगत्तै एनआइसी एसिया बैंकले एक बर्षे मुद्दति निक्षेपको ब्याज ११ प्रतिशतबाट बढाएर १२ प्रतिशत पुराएको छ । त्यसैगरी सिभिल बैंकले ११ प्रतिशतको मुद्दतिको ब्याज १२.२२ प्रतिशत पुराएको छ भने ८ प्रतिशतको बचतको ब्याज १० प्रतिशतमा पुराएको छ ।
राष्ट्र बैंकले आधार दरमा प्रिमियम थपेर ऋण लगानी गर्नु पर्ने ब्यवस्था गरेको छ । यही कारण ऋण लगानी थप महँगिने देखिएको छ ।
राष्ट्र बैंकका अनुसार, बैंकहरुले बचत, मुद्दति, कललगायत सबै निक्षेपमा औषत ६.६ प्रतिशत ब्याज दिइरहेका छन् । ऋण भने १२ प्रतिशतभन्दा माथि लगानी गरिरहेका छन् । यसैपनि ऋणको ब्याज महँगो भएका बेला निक्षेपको ब्याज बृद्धिले बैंकहरुलाई ऋणको भाउ बढाउन थप प्रोत्साहित गर्ने छ ।
ढिलोचाँडो सबै बैंकको ब्याज घोषित रुपमा १३ देखि १४ प्रतिशत पुग्न सक्छ ।
Categorized in बैंक