१२ भाद्र २०८३, शुक्रबार
Header

उपत्यकामा वायु प्रदुषण बढेपछि वातावरण विभागको यस्तो पत्र !


प्रकाशित: मंगलवार, २१ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकमा दुई दिन यता आकाश धुम्म देखिएको छ ।


सोमवारदेखि काठमाडौं उपत्यकामा प्रदशुषण बढेको भन्दै बातावरण विभागले एक बिज्ञप्ती जारी गरेको छ । वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले विभागले नागरिकहरूलाई सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ ।


मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस हुन थालेपछि वातावरण विभागले विज्ञप्ती जारी गर्दै सावधानी अपनाउन भनेको हो । 


‘वृद्धवृद्धा र बालबालिका बढी जोखिममा रहन्छन्। घरभित्रै बस्नु राम्रो हुन्छ । तर घरभित्र आगो बाल्नु भने हुन्न,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘अत्यावश्यक परेर घरबाहिर निस्कनु परे मास्क अनिवार्य लगाउनु पर्दछ ।’


फोहरजन्य पदार्थ बाल्दा र आगो बाल्दा झनै बायु प्रदुषण हुने भएको सो कार्यहरु बन्द गर्न विभागले जनाएको छ । वायु प्रदुषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भईरहे केही समयसम्म प्रदुषण यस्तै रहीरन वा अझै खराब समेत हुन सक्ने संभावना रहेकोले सावधानी अपनाउन भनेको छ ।


विभागका अनुसार काठमाडौं, विराटनगर र नेपालगञ्जमा पनि यस्तै समस्या छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex