काठमाडौं । प्रहरीले मोटरसाईल चोरी गरी भाग्दै गरेको अवस्थामा सोमबार नागार्जुन नगरपालिकाको एकधाराबत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका काठमाडौं कलंकी बस्ने २० वर्षीय बिक्रम बस्नेत र १९ वर्षीय राजेश दर्जी रहेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बा.४३प ८०२५ र ग.३ प ९६४५ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवशयक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज