१२ भाद्र २०८३, शुक्रबार
Header

विद्यालय लगायत सबै क्षेत्र खुला गरिने सीसीएमसीको निर्णय


प्रकाशित: आईतवार, १९ पुष २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । विद्यालय लगायत सबै क्षेत्र खुला खुला गर्ने सीसीएमसी बैठकले निर्णय गरेको छ ।


आईतवार कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खोल्ने निर्णय गरेको हो । 


कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि विद्यालयहरु बन्द रहेका थिए । बैठकले विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द रहेका क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।


तर आवश्यक परे यी खुला गरिएको क्षेत्रहरु पुनःबन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएको जनाएको छ।

 
नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।


सीसीएमसी निर्देशक समितिलको बैठकले नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०÷२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex