७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेसद्वारा विरोधका थप कार्यक्रम सार्वजनिक 


प्रकाशित: आईतवार, १९ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा थप कार्यक्रम सार्वजनिक गरेको छ ।


आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म बिरोधका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।


त्यसैगरी माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ ।


यस अघि कांग्रेसले संसद विघटन गरे लगत्तै देशभरी विरोध प्रदर्शन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex