१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

‘कोरोनाका बीच पनि हामी नाफामा छौं’– अध्यक्ष खड्गी


प्रकाशित: शनिवार, १८ पुष २०७७, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकृष्ण खड्गीले कोरोनाका विच पनि सहकारी नाफामा रहेको बताएको छ । 


अध्यक्ष खड्गीले शनिवार सहकारीको १० औं साधारणसभालाई सम्बोधन गर्दै सहकारीको असल व्यवस्थापनको कारण कोरोना महामारीका विचमा पनि सहकारी नाफामै गएको भनाई राखे । 


उनले भने, ‘आदरणीय सहकारीका शेयरधनी, बचतकर्ता तथा साधारण सदस्यहरुको साथ र अपार मायाले यो सधारणसभा सम्पन्न गर्न गईरहेका छौ, तपाईहरुको साथ र सहयोगले अझ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’


सहकारीको ३ करोड ४१ लाख २१ हजार ४८ रुपियाँ बचत फिर्ता गर्न बाँकी रहेको तथा आर्थिक बर्ष २०७५÷०७६ असार मसान्तसम्म ऋण असुली गर्न ४ करोड ८ लाख ११ हजार ५८० रुपियाँ मात्र बाँकी रहेको अध्यक्ष खड्गीले बताए ।


त्यसैगरी २०७६/०७७ मा सहकारीले विभिन्न शिर्षकहरुमा ६८ लाख ५९ हजार ९८५ रुपियाँ आम्दानी गरेको छ भने विभिन्न शिर्षकमा ५७ लाख १ हजार ७०८ रुपियाँ मात्र खर्च भएको हो । सहकारीले यो आ.व.मा ११ लाख ५८ हजार ३८५ रुपिया ५६ पैसा नाफा गर्न सफल भएको हो । 


खड्गीले आगामी आर्थिक बर्षको लागि भावी योजनाहरु पनि प्रस्तुत गरेका थिए । आगामी आर्थिक बर्षमा संस्थामा बचत बृद्धि गर्ने, सहकारी तालिम, सहकारी सदस्यहरुको बालवालिकालाई भ्रमण लगायत कार्यक्रमहरु ल्याउने खड्गीले बताए । 


कार्यक्रममा सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले कोरोनाका महामारीमा आफ्ना सहकारी शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बनोस सेयर वितरण गर्न पाउँदा खुशी लागेको बताए । 


उनले भने,‘ सहकारीका शेयरधनीहरुको सहयोग र सुझावको आशा राखेको छु, विगत जस्तै तपाईहरुले नायः बचतलाई सुझाव दिएर अघि बढाउनु हुन्छ भन्ने विश्वास राखेको छु ।’


सहरकारी सचिव सुरेन्द्र खड्गीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष पृथ्वीनारायण खड्गीले आर्थिक बर्षको लेखा परिक्षण विवरणहरु प्रस्तुत गरेका थिए ।


कार्यक्रमा सहकारीका पूर्व अध्यक्ष अमिर शाही, सहकारीका महिला सदस्य भुवनेश्वरी खड्गी लगायतका उपस्थिती रहेको थियो । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex