२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

१७ औं ज्यापू दिवश मनाईयो


प्रकाशित: बुधवार, १५ पुष २०७७, २०ः३० बजे
- अजय खड्गी

काठमाडौं । ज्यापू समुदायले बुधवार एक सिमिति कार्यक्रमविच १७ औं ज्यापू दिवश मनाएको छ । 


कोभिड– १९ अझै नसकिएको अवस्थामा औपचारिकतामा ज्यापू दिवश मनाउनु परेको ज्यापू संस्कृतिक विकास कोषका सचिव धनबहादुर महर्जनले बताएका छन । 


राष्ट्रिय सभागृहमा आयोजित सभामा सिमित संख्याको विचमा १७ औं ज्यापू दिवश मानाउनु परेको कोषका सचिव महर्जनले जानकारी दिँदै भने, ‘हामी उपत्यकाका आदीवासी ज्यापू समुदायले आफ्नो संस्कृति, पहिचानलाई जीवन्त राख्न निरन्तर १७ बर्षदेखि यो दिवश मनाइउँदै आईरहेका छौ ।’


उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई विशेष अथिति मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, न्हूदँ समारोह समितिका अध्यक्ष रमेश महर्जन, ज्यापु महागुथिका अध्यक्ष एवं लोककवि राजभाई जकःमिका उपस्थिती रहेको थियो । 


गोफः त्वाः माकःगल्ली ज्यापु समाजको संयोजक्तवमा १७ औ दिवशको बारेमा समाजका संयोजक गोविन्द्र महर्जनं स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष रमेश महर्जनं उद्घोषण गरेका थिए । 


ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण महर्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex