११ भाद्र २०८३, बिहिबार
Header

वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य


प्रकाशित: बुधवार, १५ पुष २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन भएकी छिन । 


नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।


काठमाडौंस्थित पेरिसडाँडामा बसेको समूको बैठकले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली कांग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।


यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex