३१ श्रावण २०८३, आइतबार
Header

‘वडा भवन निर्माणको लागि जग्गा खोजिरहेका छौं’ – भाईराम खड्गी (भिडियो वार्ता)


प्रकाशित: मंगलवार, १४ पुष २०७७, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीले वडा भवन निर्माणको लागि जग्गा खोजिरहेको बताएको छ ।


वडावासीको लागि सुविधा सम्पन्न भवन निर्माणको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष खड्गीले भने,‘ यस अघि संकरदेव क्याम्पस अगाडीको सार्वजनिक जग्गामा भवन बनाउन तयारी भएको थियो तर मेयर सावले त्यहाँ बगैचा बनाउने भनेपछि जग्गाको खोजीमा छु ।’ 


‘वडाको पुरानो भवन छेउमा १४ आना जग्गा रहेको छ, त्यो जग्गा वडाकै हो कि वा व्यक्तिको सो जग्गाको रेखांकन गरेपछि वडाको भवन बनाउने सोचमा छु ।’ उनले भने


वडावासीसँग चुनावको बेला गरेको विकासको प्रतिवद्धता अनुसार आफूले असी प्रतिशत काम सम्पन्न गरेको समेत अध्यक्ष खड्गीले दावी गरेका छन । उनले यस क्षेत्रमा मर्निङ वाकको सर्कल निर्माणको लागि पनि काम भईरहेको पनि बताए । 


पुरोनो संस्कृति सम्पदा संरक्षणको लागि वडाले के गरिहेको छ भन्ने प्रश्नमा काठमाडौं महानगरपालिकाबाट कमलादी गणेशको लागि एक करोड रुपियाँ विनियोजन गरिएको छ र अब चाँडै नै गुठियारहरुसँग छलफल गरी मन्दिरको काम अघि बढाउने अध्यक्ष खड्गीले जानकारी दिए ।


अध्यक्ष खड्गीले भने, ‘  म अध्यक्ष भएपछि यस वडा क्षेत्रमा धेरै परिवर्तन भएको छ, कालोपत्र, ढलनिकास, बाटो घाटो मर्मत, सम्माहरको कामहरु गरेको छु ।’


वडाको अन्य विषयमा महानगरका अजय खड्गीले वडा अध्यक्ष भाईराख खड्गीसँग गरेको संक्षिप्त भिडियो वार्ताः–

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex