११ भाद्र २०८३, बिहिबार
Header

काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन


प्रकाशित: सोमवार, १४ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा मंगलवार बृहत शक्ति प्रदर्शन गरेका छन । 


भृकुटीमण्डमा आयोजित विरोधसभामा सहभागी भएका जनसभलाई नेकपा प्रचण्ड–माधव समूह अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्दै बैशाखपछि केपी ओली शर्मा प्रधानमन्त्री नरहने दावी गरेका छन । 


दाहाल भने, ‘ बैशाखपछि उनी प्रधानमन्त्री रहँदैनन, नेपालको राजनीतिक ईतिहासबाट उनको पत्ता साफ हुने वाला छ । अनि उनले श्री ३ महाराजधिराज हुन्छ भनेर हुन्छ ।’


त्यसैगरी सभालाई नेकपा–प्रचण्ड समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मालाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन । 


पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि दैनिक जसो विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ, सस्थाहरुले संसद विघटनको विरोध गर्दै ¥याली सभाको आयोजना गरिरहेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex